arrow

साढे एघार केजी सुन भएका हरिले ५ केजी देखाएर दर्ता गरे उम्मेदवारी

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
hari-nadar.jpg

काठमाडौँ । भारतको तमिलनाडुमा हुन गइरहेको विधान सभा चुनावका लागि एक जनाले ५ किलोग्राम सुनको गहना लगाएर उम्मेदवारी दर्ता गराएका छन् ।

तमिलनाडुका हरि नादर विधान सभा चुनावमा उम्मेदवारी दर्ता गर्न ५ किलोग्राम सुनका गहना लगाएर पुगेका हुन् ।

 हरि विधान सभा चुनावमा स्वतन्त्र उम्मेदवार हुन्। उनी नामाङ्कन भर्न पूर्ण रूपमा सुनले ओढिएर पुगेका थिए।

 स्वतन्त्र उम्मेदवार हरि नादरले तिरुनेलवेली जिल्लाको अलांगुलम विधान सभा क्षेत्रबाट चुनावका लागि उम्मेदवारी दर्ता गरेका छन्।

करिब पाँच करोड मूल्य पर्ने सुन लगाएका उनले नामाङ्कन पत्र दाखिल गर्दै आफूसँग ११.२ किलोग्राम सुन रहेको घोषणा गरे ।

योसँगै उनका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ