arrow

ताइवानले दक्षिण चीन सागरमा सैनिक गतिविधि बढायो

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ४ बुधबार
south-china-sea1.jpg

काठमाडौँ । ताइवानले दक्षिण चीन सागरमा सैनिक गतिविधि बढाएको छ । ताइवानका नवनियुक्त रक्षा मन्त्रीले संसद्मा बोल्दै दक्षिण चीन सागरमा सेनाको गतिविधि सुदृढ गरेको बताएका छन् ।

गत महिना मात्रै नियुक्त भएका रक्षा मन्त्री चिउँ कुओ चेंगले मङ्गलवार संसद्मा बोल्दै दक्षिण चीन सागरको प्राकृतिक मुख्य टापु इटु अबामा सेना र हतियार बढाएको बताएका हुन् ।

ताइवानका तटरक्षकहरुले सुरक्षा प्रदान गरेको यो टापु स्प्राट्ली टापुको हिस्सा हो ।  चीनले ताइवानलाई आफ्नै हिस्सा मान्दै आएको छ । पछिल्लो समय चीनले ताइवानमाथि झनै दबाब बढाएको छ ।

 ताइवानको पनडुब्बी फ्लिटका लागि अमेरिकाले संवेदनशील उपकरणको निर्यातलाई पनि अनुमति दिएको उनले बताएका छन् ।

संसद्मा चीनले ताइवानलाई आक्रमण गर्न सक्छ ? भन्ने प्रश्नको जवाफ दिँदै रक्षा मन्त्री चिउले भने, 'उनीहरू युद्ध सुरु गर्न सक्षम छन्, मेरो लक्ष्य भनेको हामी सबै समयमा तयार हुनु हो ।'

ताइवानले इटु अबा टापुमा सेनाको उपस्थिति बढाए पनि स्थायी रुपमा सेना स्थापना गर्ने तयारी भने गरेको छैन । चीनले दक्षिण चीन सागरमा कृत्रिम टापु बनाउँदै सैन्य स्थापना गरेको छ । चीनले कब्जा गरेको क्षेत्रमा फिलिपिन्स, भियतनाम, बुर्नई, मलेसिया र ताइवानको समेत दाबी छ ।

ताइवान आफैले बनाएको पनडुब्बी फ्लिीटका लागि आवश्यक पर्ने उपकरणहरूको निर्यातका लागि अमेरिकाले अनुमति दिएको पनि रक्षा मन्त्री चिउले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ