- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप ताइप एर्दाेगनले साउदी अरेबियाले हतियार किन्न माग गरेको बताएका छन् । मङ्गलवार प्रेस ब्रिफिङका क्रममा बोल्दै उनले साउदीले टर्कीको हतियार किन्न माग गरेको बताएका हुन् ।
दुई क्षेत्रीय शक्तिहरूबीच वर्षाैं देखि विवाद रहिआएको छ । सन् २०१८ मा टर्कीको स्तानबुल स्थित साउदीको दूतावासमा पत्रकार जमल खस्सोगीको हत्यापछि दुवै देशबीचको सम्बन्ध झनै बिग्रिएको थियो ।
तर, राष्ट्रपति एर्दोगनले अहिले दुवै पक्षले सम्बन्ध सुधारका लागि पहल गरिरहेको बताएका छन् । साउदीले आफ्नो प्रतिद्वन्द्वी ग्रिससँग सैन्य अभ्यास गरेकोमा भने उनले फेरि खेद प्रकट गरेका छन् ।
प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति एर्दाेगनले भने, साउदी अरेबियाले ग्रिससँग संयुक्त अभ्यास गरिरहेको छ । सोही समयमा उसले हामीसँग आर्मड ड्रोनको माग गरिरहेको छ, तर हामीले यसलाई शान्ति पूर्वक समाधान गर्नेछौं ।
टर्कीका ड्रोन हतियार निकै प्रभावशाली मानिन्छन् । अर्मेनियासँगको ६ हप्ते युद्धमा अजरबैजानलाई जित दिलाउन टर्कीले बनाएको ड्रोनको उल्लेख्य भूमिका रहेको बताइन्छ ।