arrow

कोरोना भाइरसः भारतमा तीव्र गतिमा बढ्यो संक्रमण, पुगे अढाइ लाख

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
corona-india-doctor-exploid.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी फेरि तीव्र रुपमा बढेको छ । संक्रमणप्रति बेवास्ता गर्दा सक्रिय संक्रमित अढाई लाख नजिक पुगेका छन् । 

एक महिनाअघि एक लाख ३० हजारमा झरेको सक्रिय संक्रमितको संख्या अहिले ह्वात्तै बढेको हो । लामो समयपछि एकैदिन बुधबार ३५ हजार ८३८ जना संक्रमित थपिएका छन् । 

बुधबार १७ हजार ७३९ जना कोरोनामुक्त भएका छन् । अहिलेसम्म १ करोड १४ लाख ७४ हजार ३०२ जना संक्रमित भएका छन् । 

१ करोड १० लाख ६१ हजार १७० जना कोरोनामुक्त भएका छन् । मृतक पनि बढेका छन् । बुधबार १७१ जनाको ज्यान गएको छ । 

अहिलेसम्म १ लाख ५९ हजार २५० जनाको ज्यान भारतमा गइसकेको छ । 

भारतमा कोरोनाको खोपले पनि तीव्रता पाएको छ र पनि संक्रमण बढेको छ । अहिलेसम्म भारतमा ३ करोड ३७ लाख ८४ हजार २९५ जनाले खोप लगाइसकेका छन् । 

पछिल्लो समय सबैभन्दा बढी निशानामा महाराष्ट्र परेको छ । बुधबार मात्रै २३ हजार १७९ जना संक्रमित थपिएका छन् । ८४ जनाको ज्यान महाराष्ट्रमै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ