arrow

रहेनन् तान्जानियाका राष्ट्रपति मागुफुली, डराउँथे असाध्यै कारोनाबाट

logo
प्रकाशित २०७७ चैत ५ बिहिबार
john-magufuli-tanzania-pres.jpg

काठमाडौं । तान्जानियाका राष्ट्रपति जोन मागुफुलीको ६१ वर्षको उमेरमै निधन भएको छ । राष्ट्रपति जोनको मुटु सम्बन्धी समस्याका कारण अस्पतालमा निधन भएको उपराष्ट्रपति सामिया सुलुहु हसनले टेलिभिजन सम्बोधन मार्फत बताएकी हुन् ।

उनी दुई हप्ता भन्दा लामो समयदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् । उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न हल्लाहरु फैलिएका थिए । उनको मृत्यु पहिले नै भएको समेत हल्ला चलाइएको थियो । 

विपक्षी दलका नेताहरुले उनलाई गत हप्ता नै कोरोना भाइरसको संक्रमण भएको दाबी गरेका थिए । तर यसको आधिकारिक पुष्टि भने भएको छैन ।

जोन कोरोना भाइरसलाई लिएर शंका व्यक्त गर्नेमा अफ्रिकाका प्रमुख व्यक्तिमा थिए । उनले कोरोना भाइरसबाट जोगिनका लागि प्राथर्ना गर्ने, स्टिम थेरापी लिने र आयुर्वेद औषधि खाए हुने बताउने गर्थे ।

उपराष्ट्रपति हसनले राष्ट्रपति जोनको निधनमा १४ दिने राष्ट्रिय शोकको घोषणा गरेकी छिन् । तान्जानियाको संविधान अनुसार हसनले नयाँ राष्ट्रपतिका रुपमा शपथ लिने छिन् । 

मागुफुली अन्तिम पटक २७ फेब्रुअरीमा देखिएका थिए । तर प्रधानमन्त्री कासिम माजालिवाले गत हप्तामात्रै राष्ट्रपति मागुफुली स्वस्थ्य रहेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ