arrow

इमरानले लगाए खोप

logo
एएनआई,
प्रकाशित २०७७ चैत ५ बिहिबार
imran-khan-pok.jpg

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार कोरोनाभाइरसविरूद्धको खोपको पहिलो मात्रा लिएर खोप लगाउन पाकिस्तानी नागरिकहरूलाई प्रोत्साहन गरेका छन् ।   

दक्षिण एसियाली यस मुलुकमा चीनद्वारा सहयोग गरिएको कोरोनाभाइरस खोपको पाँच लाख मात्रा आएको एक दिन पछि पाकिस्तानी प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीले खोप लगाई चीनको सिनोभ्याक खोप कोभिड-१९ विरूद्धको अभियानका लागि सुरक्षित रहेको सन्देश आफ्ना नागरिकहरूलाई दिएका हुन् ।

चीनबाट प्राप्त सिनोफर्म खोप पाकिस्तानमा दोस्रा पटक पठाइएको र खोपरहेका गाडीहरूलाई पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले रावलपिंडीको नूर खान एयरबेसमा बुझेका तस्बीरहरू पाकिस्तानी समाचार संस्थाहरूले महत्वका साथ सम्प्रेषण गरेका छन् ।

पाकिस्तानमा सिनोफर्मद्वारा विकास गरिएको उक्त खोप मात्र उपलब्ध छ । पाकिस्तानलाई यस अघि चीनले गत फेब्रुअरी १ मा दुई खुराक आवश्यक छ। यस अघि, चीनले फेब्रुअरी १ मा पाकिस्तानलाई सिनोफर्मका पाँच लाख मात्रा कोभिड-१९ विरूद्धका खोप पाएको थियो । उक्त खोपलाई पहिलो चरणमा अग्र पङ्तीमा कामगर्ने कर्मचारीलगायत जोखिम देखिएका अन्य नागरिकहरूलाई पहिलो मात्रा दिइएको छ ।

पाकिस्तानमा बिहीबारसम्म कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ६१ लाख पाच हजार ८१० रहेको पुष्टि गरिएको छ भने १३ हजार ७१७ सङ्क्रमितको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ