arrow

स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि भारतले विभिन्न देशसँग सहकार्य गर्ने

logo
एजेन्सी,
प्रकाशित २०७७ चैत ६ शुक्रबार
covid-vaccine-india.jpg

नयाँ दिल्ली। भारत सरकारले कोभिड-१९ महामारीपछि विश्वभर स्वास्थ्य क्षेत्रमा रोजगारी सिर्जना हुने अपेक्षा गरेको छ। जसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा दक्ष तालिमप्राप्त जनशक्ति उत्पादनका लागि विभिन्न मुलुकहरूसँग मिलेर काम गर्ने जनाएको छ।

भारतको सीप विकास र उद्यमशीलता मन्त्रालय (एमएसडीई) द्वारा 'सीप प्रदान गर्ने काम' को अग्रसरता लिएको छ। जसले अस्ट्रेलिया, जर्मनी, क्यानडा, जापान, स्विडेन र सिंगापुर जस्ता देशहरूमा स्वास्थ्य क्षेत्रमा मात्रै तीन लाखभन्दा बढी रोजगारी सिर्जना हुने अपेक्षा भारत सरकारको रहेको छ।

"महामारीले स्वास्थ्य क्षेत्रमा अवसरको दायरा बढाएकोले मन्त्रालयले योग्यताहरूको समानतामा काम गर्न प्रत्येक देशसँग मिलेर काम गरिरहेको छ," मन्त्रालयका एक अधिकारीले भने।

"विभिन्न मुलुकहरूमा स्वास्थ्य क्षेत्रमा काम गर्नका लागि विभिन्न मापदण्डहरू रहेका छन्। ती मापदण्डहरू अनुसार नै योग्य जनशक्ति उत्पादनमा हामी लागिरहेका छौँ।

उदाहरणको लागी, एक अपरेसन थिएटर टेक्निसियनको कला फरक हुन सक्छ; अमेरिकाको लागि फरक हुनसक्छ, स्विडेनका लागि फरक। त्यस कारण हामी त्यसमा काम गरिरहेका छौँ," ती अधिकारीले भने।



नयाँ