arrow

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि, एकै दिन झन्डै ४१ हजार सङ्क्रमित

logo
एएनआई,
प्रकाशित २०७७ चैत ७ शनिबार
corona-india1.jpg

नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तीव्र वृद्धि हुँदै गएको छ। सरकारी अधिकारीहरूले शनिवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन्।

सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमण मुक्त भएकाहरूको भन्दा थप सङ्क्रमितहरूको सङ्ख्या झन्डै दोब्बर भएकाले महामारी थप फैलिँदै गएको देखिएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ। ती मध्ये दुई लाख ८८ हजार ३९४ जना अझै पनि सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ५९ हजार ५५८ जनाको मृत्यु भएको छ। ती मध्ये १८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

कोरोनाभाइरसबाट महाराष्ट्र प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ। महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा १३ हजार ६०१ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा ५८ जनाको मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ