arrow

बाढीका कारण सिड्नीमा मानिसहरूलाई सुरक्षित स्थानमा जान आदेश

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
australia-flag1.jpg

काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा अत्यधिक वर्षा जारी रहेका कारण सिड्नीका थुप्रै मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ । अधिकारीहरूले शहरको तल्लो भागमा बस्ने जो कोहीलाई पनि सुरक्षित स्थानमा जान भनेका छन् ।

आइतबारको ब्रिफिङमा वेल्सका प्रमुख ग्लेडिस बेरिजिक्लियनले राज्यको मध्य उत्तरी तटीय क्षेत्रमा शताब्दी कै ठुलो समस्या भएको बताएका छन् ।

एक दिन अघि अत्यधिक वर्षाका कारण सिड्नीमा पानीका आपूर्तिका लागि सबैभन्दा ठुलो बाँध बरगाम्बा माथिबाट पानी बग्न थालेको थियो । वेल्सका दजार्नाैं मानिसहरूलाई बाढीको मुखबाटै उद्धार गरिएको छ । शहरका मुख्य सडक क्षेत्र बन्द अवस्थामा रहेका छन् ।

बेरिजिक्लियनले अझै धेरै मानिसहरूलाई सुरक्षित स्थानतिर जान आदेश दिनपर्ने बताएका छन् । सयौं मानिसहरू यसअघि नै सुरक्षित स्थानमा सारिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ