arrow

फिलिपिन्सको अधिकार प्राप्त क्षेत्रमा चिनियाँ पानी जहाज सक्रिय, सुरक्षा खतराको चिन्ता

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
south-china-sea1.jpg

काठमाडौं । दक्षिण चीन सागरको एक विवादित समुद्री चट्टान क्षेत्रमा चीनका अत्यधिक  पानी जहाज देखिएको फिलिपिन्सले बताएको छ ।विवादित क्षेत्रको निरीक्षण गर्ने सरकारी कार्यदलले ह्विटसन नामक समुद्री चट्टान क्षेत्रमा चिनियाँ सेना र समुद्री मिलिसियाद्वारा सञ्चालित पानी जहाजहरू देखिएको बताएको हो ।

मनिला (फिलिपिन्सको राजधानी)ले यो समुद्री चट्टानलाई जुलियन फेलिप भन्ने गर्छ । संयुक्त राष्ट्र संघको कानुन अनुसार यो चट्टान फिलिपिन्सको विशिष्ट आर्थिक क्षेत्रमा पर्छ ।

सो क्षेत्रमा चिनियाँ पानी जहाजको उपस्थिति भएपछि फिलिपिन्सका विदेश मन्त्री तेओडोरो लोक्सिनले कूटनीतिक विरोध प्रदर्शन गर्नेबारे कुरा उठाएका छन् ।

यति धेरैको संख्यामा फिलिपिन्सको अधिकार प्राप्त क्षेत्रमा आएका चिनियाँ पानी जहाजले अत्यधिक माछा मार्ने, सुरक्षा खतरा बढाउने र समुद्री वातावरणलाई उथलपुथल पार्न खोजेको फिलिपिनी टास्क फोर्सको चिन्ता छ ।

सन् २०१६ मा अन्तर्राष्ट्रिय ट्रिबुनल  (न्यायाधिकरण)ले दक्षिण चीन सागरमा चीनको ९० प्रतिशत दाबीलाई अवैधानिक भनेको थियो । तर, पनि चीनले आफ्नो दाबी निरन्तर राखेको छ । 

चीनले दक्षिण चीन सागरमा ताइवान, ब्रुनाइ, मलेसिया, भियतनाम, इन्डोनेसिया र फिलिपिन्सको अधिकारप्राप्त क्षेत्रमा समेत आफ्नो दाबी गरेको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ