arrow

गोलभेँडा उत्पादक कृषकहरूलाई मेगा बैङ्कको सहुलियत कर्जा 

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
mega-agreement-karma-group.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले गोलभेँडा उत्पादक कृषकहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। काठमाडौँ उपत्यका र आसपासका गोलभेँडा उत्पादक कृषकहरूलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैङ्ककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी अनुसार, कर्मा समूहको सिफारिसमा मेगा बैङ्कले पहिलो चरणमा ५० जना कृषकहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ। दोस्रो चरणमा देशका अन्य जिल्लाका कृषकहरूलाई पनि सहुलियतमा कर्जा उपलब्ध गराउने समझदारी भएको छ।

इच्छुक कृषकहरूले आवश्यक कागजात पेस गर्नासाथ मेगा बैङ्कको नयाँ बानेश्वर शाखाले सहुलियत कर्जा उपलब्ध गराउने छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा छिमेकी देशबाट तरकारी भित्रिरहेको अवस्थामा सहुलियत कर्जाबाट नेपाली कृषकहरूको उत्पादन लागत घट्नुका साथै बजारमा प्रतिस्पर्धा गर्न मद्दत मिल्ने, थप रोजगारी सिर्जना हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने मेगा बैङ्कको विश्वास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ