arrow

साउदी अरेबिया तेल कम्पनीको वार्षिक नाफा ४४ प्रतिशतले घट्यो

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
aaram_oil_company.jpg

काठमाडौ । साउदी अरेबिया तेल कम्पनी अरमकोको आम्दानीमा सन् २०२० मा ४४ प्रतिशतले गिरावट आएको छ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० आधुनिक इतिहासकै चुनौतीपूर्ण बनेको कम्पनीका सिइओ अमिन नासेरले बताएका छन् ।

सन् २०२० मा अरमकोले ४९ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ । सन् २०१९ मा भने ८८.१ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । तर पनि अरमको बढी आम्दानी गर्ने सर्वाजनिक कम्पनीका रूपमा पहिलो नम्बरमा रहेको छ ।

कच्चा तेलको मूल्य घट्दा र तेल बिक्री कम हुँदा आम्दानी घटेको कम्पनीले आइतबार बताएको हो । कम्पनीले आगामी वर्ष पुँजीगत खर्च घटाउने निर्णय गरेको छ । यसअघि ४५ अर्ब पुँजीगत खर्च रहेकोमा आगामी वर्ष ३५ अर्ब अमेरिकी डलरमा झार्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ७५ अर्ब लाभांश वितरण गर्ने घोषणा समेत गरेको छ । यद्यपि यसलाई व्यवस्थापन गर्न ऋण लिने देखिन्छ । कोरोना भाइरसको महामारीका कारण थुप्रै तेल र ग्यास कम्पनीहरूको मुनाफामा ठुलो गिरावट आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ