- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा कारोना भाइरसको महामारीविरुद्धको जनता कर्फ्यूको एक वर्ष पूरा भएको छ । गत वर्ष २२ मार्चमा प्रधानमन्त्री नरेन्द्र मोदीको अपीलमा भारतमा जनता कर्फ्यू लगाइएको थियो ।
यो लकडाउनको ट्रायल थियो । ट्रायल सफल भयो । त्यसको तीन दिनपछि मार्च २५ मा भारतमा लकडाउन लगाइएको थियो । कोरोना फेरि पनि बढ्यो । भारतले लगातार चौथो पटक लकडाउन लगायो ।
त्यसपछि लकडाउन अनलकमा परिणत भयो । अनलक भएपछि कोरोना झन् बढ्यो । सेप्टेम्बरसम्म भारतमा चरम रुपले कोरोना संक्रमित बढेका थिए ।
अक्टुबरपछि मौसम बदलिँदा झनै बढ्ने अनुमान गरियोे । तर नतिजा उल्टियो । कोरोनाका संक्रमित घट्न थाले ।
यो वर्ष जनवरीमा कोरोनाको भ्याक्सिन आयो । फेरि भारतमा लापरवाही बढ्यो । कोरोना अब लाग्दैन भन्ने भ्रमले ११ फेब्रुअरीदेखि फेरि बढ्न थाले कोरोना संक्रमित ।
गत वर्ष नोभेम्बरपछि लगातार संक्रमित घटिरहँदा फेरिबढिरहेका हुन् । ११ फेब्रुअरीमा ९ एकै दिन ९ हजार ३५३ जना संक्रमित भएकामा २१ मार्चमा बढेर ४७ हजार ७७४ पुगे ।
मृतक पनि बढ्दै गए । आइतबार २१ मार्चमा २१३ जनाको ज्यान गयो । महाराष्ट्र, पंजाब, मध्यप्रदेश, दिल्लीसमेत कयौं राज्यमा कोरोनाका नयाँ संक्रमित थपिँदै गएका छन् ।
हाल सक्रिय संक्रमित ३ लाख ३१ हजार ८२६ पुगेका छन् ।
१६ जनवरीदेखि भ्याक्सिन लगाउन सुरु भएको थियो । ४ करोड ५ लाखले भ्याक्सिनको पहिलो डोज लगाएका छन् । केबल ७५ लाखले मात्र दोस्रो डोज लगाउन पाएका छन् ।
आखिर भ्याक्सिन उपचार त हैन केबल इम्युनिटी बुस्टर मात्रै हो । जब सावधानी राखिँदैन तब यसले फेरि उग्र रुप लिन्छ । अहिले भारतमा त्यस्तै भइरहेको छ ।