arrow

अष्ट्रेलियामा बाढीका कारण १८ हजार मानिसहरू विस्थापित

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
australia-flag1.jpg

काठमाडौं । भारी वर्षाका कारण आएको बाढीका कारण अष्ट्रेलियाको न्यु साउथ वेल्सका १८ हजार मानिसहरू विस्थापित भएका छन् ।

अत्यधिक वर्षाका कारण बाँध 'ओभर फ्लो' भएर आएको बाढीमा वेल्सको मध्य उत्तरी तट, सिड्नी र दक्षिण पूर्वी क्वीन्सल्याण्डका १८ हजार मानिसहरू सुरक्षित स्थानतिर सारिएका हुन् ।

५० वर्षयताकै ठुलो बाढी अझै एक हप्तासम्म रहन सक्ने भन्दै त्यहाँका अधिकारीहरूले नागरिकहरूलाई सचेत रहन चेतावनी दिएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले बाढीका कारण विस्थापित भएकाहरूलाई राहत वितरण गर्ने बताएका छन् ।

साढे २ करोड जनसंख्या रहेको अष्ट्रेलियाका एक तिहाइ जनसङ्ख्याको वासस्थान रहेको सो क्षेत्रमा बाढीका कारण ठुलो क्षति भएको छ । आपतकालिन सेवा अधिकारीहरूले कम्तीमा ५सय जनाको उद्धार गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ