arrow

विमानमै राष्ट्रपतिका उम्मेदवारको मृत्यु

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
gai.JPG

काठमाडौँ । राष्ट्रपतीय निर्वाचनको अघिल्लो दिन गणतन्त्र कङ्गो (रिपब्लिक अफ कङ्गो)का ६१ वर्षीय प्रमुख प्रतिपक्षी उम्मेदवार गाइ ब्रिस परफेट कोल्लासको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट सङ्क्रमित कोल्लासको थप उपचारका लागि फ्रान्स लैजाने क्रममा विमानमै मृत्यु भएको हो ।

कङ्गोमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान भइरहेको छ । त्यसको अघिल्लो दिन प्रमुख विपक्षी उम्मेदवार कोल्लासको मृत्यु भएको हो ।

यद्यपि उनको पक्षमा परेका भोट गणना हुने बताइएको छ । ३६ वर्षदेखि कङ्गोको नेतृत्व गर्दै आएका राष्ट्रपति डेनिस ससाउ नग्वेसोले जित्ने सम्भावना भने बढी छ ।

रिपब्लिक अफ कङ्गो पछिल्लो समय प्रहरी किल्ला जस्तो भएको भन्दै राष्ट्रपति नग्वेसोको आलोचना हुँदै आएको छ । यसअघि सन् २०१६ को निर्वाचनमा कोल्लासले १५ प्रतिशत मत पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ