arrow

'जसपाको हातमा सत्ताको साँचो, प्रधानमन्त्री खोज्दै खोज्दै हामीकहाँ आउनुभयो'

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
manish-suman.JPG

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालका नेता तथा २ नम्बर प्रदेशका सांसद मनिष सुमनले आफूहरुको हातमा सत्ताको साँचो आएको बताएका छन् । राजधानीको एक कर्यक्रममा उनले भने,‘हिजो हामीले प्रधानमन्त्री ओलीसँग भेट्न खोज्दा उहाँले भेट्न मान्नुभएको थिएन, तर आज उहाँ खासगरी फागुन २३ गतेपछि खोज्दै खोज्दै हामीकहाँ आउनुभयो । हिजो भेट्न खोज्दा उहाँले भेट्नभएन । फागुन २३ गतेदेखि आजसम्म उहाँसँग लगातार छलफल भैरहेको छ ।’

उनले सत्ताको साँचो आफूहरुको हातमा आयो भनेर दम्भका साथ अर्गेल्याँई नगरेको पनि जिकिर गरे । उनले भने,‘संविधान संशोधनमा थुप्रै मुद्दा छन् । मधेश आन्दोलन ताका मुद्दा खारेज, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । रेशम चौधरीलगायतको रिहाई हुनुपर्छ। झुठा मुद्दा फिर्ता लिनुपर्छ । जसपा कुर्सीको लागि गठन भएको होईन । हामीलाई कुनै लोभलालच छैन् ।’

उनले जसपा नेपाल कुनैपनि हालतमा नफुट्ने दाबी गरे । उनले भने,‘हामी फुट्नेवाला छैनौं । जसपा एक-दुई-तीन फुट्दैन् । जसपाका माग पूरा भयो भने केपी ओलीसँग पनि सहकार्य हुनेछ ।

 लाल आयोगको प्रतिवेदन, मुद्दा फिर्ता, संविधान संशोधन, रेशम चौधरीको बाई ईज्जत फिर्ता र नागरिकतासम्बन्धी विद्येयक संशोधनलगायत माग पूरा भयो भने गुण र दोषको आधारमा समर्थन गर्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ