arrow

माछापुच्छ्रे बैङ्कको सहयोगमा काठमाडौँको लैनचौर तथा प्रहरी तालिम केन्द्र चोकमा ट्राफिक लाइट जडान

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
mbl-traffic-light.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाडौँको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको छ।

सोमबार एक कार्यक्रमका बिच माछापुच्छ्रे बैङ्कका सञ्चालक रोशन केसी र विश्व प्रकाश गौतमले उक्त ट्राफिक लाइटहरू महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका थिए।

सवारी आवागमनलाई सुरक्षित एवं व्यवस्थित बनाउने विश्वासका साथ बैङ्कले सवारी साधनाको अत्यधिक चाप रहने राजधानीको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको हो।

उक्त ट्राफिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैङ्कका कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्राफिक लाइटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक लाइटहरू हस्तान्तरण गरेको बताए।

सोही कार्यक्रममा बोल्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले माछापुच्छ्रे बैङ्कले प्रदान गरेका ट्राफिक लाइटहरूले आम नागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।



नयाँ