arrow

प्रभु बैङ्कले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई बैङ्किङ ज्ञान प्रधान

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
prabhu-csr-students.jpg

काठमाडौँ। प्रभु बैङ्क लिले सिन्धुपाल्चोक जिल्ला स्थित तेर्से माध्यमिक, श्री महेन्द्र माध्यमिक, श्री पाल्चोक माध्यमिक र भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरूलाई बबरमहलस्थित बैङ्कको प्रधान कार्यालयमा अवलोकन भ्रमण गराई बैंकिङ्ग साक्षरता-ज्ञान प्रधान गरेको बैङ्कले जनाएको छ।

बैङ्कको प्रधान कार्यालय र बैङ्कबाट सञ्चालन-सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययनका लागि ४८ जनाको सङ्ख्यामा आएका विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरी बैङ्कको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरूको स्थलगत अवलोकन गराइएको थियो।

उक्त अवसरमा विद्यार्थीहरूले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञासाहरू समेत राखेका थिए।

प्रभु बैङ्क लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरूमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ।

आगामी दिनहरूमा प्रभु बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरूमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने प्रतिबद्ध रहेको बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ