- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह, वाहह् ग्राहक योजना अघि ल्याएको छ। चैत्र ८ गतेबाट उत्साह जनक अफरहरूको साथमा सुरु भएको यस योजना वैशाख ३१ गतेसम्म चल्ने छ।
यस योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा दस हजारसम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको “वा“अफर रहेको कम्पनीले जनाएको छ। साथै योजनालाई “वा“ बाट “वाह“ बनाउन योजनाको समय अवधिमा टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्नु हुने ग्राहकहरू मध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा फेसबुक लाइभ मार्फत एउटा नयाँ टिभिएस Apache RR 310 उपहार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ।
योजना यतिमा मात्र सीमित नभएर “वा“ बाट “वाह“ हुँदै वाह्ह्सम्मको थप भव्य बनाउन, योजनाको अन्त्यमा एक जना अत्तिनै भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरूप Standard MT भर्जनको नयाँ Proton Saga फेसबुक लाइभ मार्फत प्राप्त गर्ने छन् भने यस योजना माथि उल्लेखित समयावधि भित्र देशमा रहेका सम्पूर्ण टिभिएस शोरुममा लागु हुने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपालभर १०० भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ।
गुणस्तरीय उत्पादनहरू, बिक्री पश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरूको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टु–ह्वीलर ब्रान्ड बनेको कम्पनीले जनाएको छ।