arrow

भारतमा कति थपिए कोरोना संक्रमित, कहाँ कस्तो अवस्था ? 

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
corona-india-film-shooting.jpg

काठमाडौं । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो छ । सोमबार ४० हजार ६११ संक्रमित थपिएका छन् । २९ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् । १९७ जनाको ज्यान गएको छ । 

अहिलेसम्म १ करोड १६ लाख ८६ हजार ३३० जना संक्रमित भइसकेका छन् । १ करोड ११ लाख ७९ हजार ५९ जना संक्रमणमुक्त भएका छन् । 

अहिलेसम्म भारतमा ज्यान गुमाउने १ लाख ६० हजार २०० भइसकेका छन् । भारतमा सक्रिय संक्रमित बढेर ३ लाख ४२ हजार ३४४ पुगेका छन् । 

कुन राष्ट्रमा कति थपिए सोमबार ? 
महाराष्ट्रमा २४ हजार ६४५, केरलमा १ हजार २३९, कर्नाटकमा १ हजार ४४५, आन्ध्रप्रदेशमा ३१०, तमिलनाडूमा १ हजार ३८५, दिल्लीमा ८८८, उत्तरु प्रदेशमा ५३८, वेष्ट बंगालमा ३६८, ओडिसामा १४६ जना थपिएका छन् । 

राजस्थानमा ६०२, छत्तीसगढमा १ हजार ५२५, तेलंगनामा ३३७, गुजरातमा १ हजार ६४०, हरियानामा ८६५, मध्यप्रदेशमा १ हजार ३४८ र बिहारमा ९० जना थपिएका छन् । 

महाराष्ट्रका विभिन्न स्थानमा कर्फ्यूसमेत लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ