arrow

यमनमा युद्धविरामका लागि साउदीको नयाँ शान्ति योजना

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
yaman-agitation.jpg

काठमाडौं । यमनमा भएको युद्ध अन्त्यका लागि साउदी अरेबियाले नयाँ शान्ति योजना प्रस्ताव गरेको छ । साउदीले आफू समर्थक यमनको सरकार र ईरानको समर्थन रहेको हुथी विद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको छ ।

यमनमा छ वर्ष भन्दा लामो समयदेखि युद्ध चर्किरहेको छ । यो प्रस्तावमा राजनीतिक वार्ता शुरु गर्न र महत्त्वपूर्ण हवाई तथा जलमार्ग पुनः खोल्ने विषय पनि समेटिएको बीबीसीले लेखेको छ । 

साउदीको यो योजनाको यमन सरकार र संयुक्त राष्ट्र संघले स्वागत गरेका छन् ।

यो प्रस्तावको घोषणा साउदी राजधानी रियादमा विदेशमन्त्री फैसल बिन फरहानले गरेका हुन् । उनले यमनको ठूलो भूभागलाई नियन्त्रणमा लिएका हुथीहरुलाई यो प्रस्ताव स्वीकार गर्न आह्वान पनि गरेका छन् । उनले हुथीहरुले स्वीकार गर्ने बित्तिकै युद्धविराम कार्यान्वयनमा जाने पनि बताए ।

तर हुथी विद्रोहीहरुले भने यसमा केही नयाँ नभएको भनेका छन् । हवाई र जलमार्गमा लगाइएको नाकाबन्दी पहिला हटाउनुपर्नेमा उसको जोड रहेको छ ।

जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरुको ज्यान गइसकेको अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ