arrow

कोरोना भाइरसः भारत साढे चार महिनापछि उच्च बिन्दूमा

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
corona-india-test5.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । साढे ४ महिनापछि संक्रमण उच्च बिन्दूमा पुगेको हो । 

मंगलबार ४७ हजार २३९ जना संक्रमित थपिएका छन् । अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६५ हजार ३६९ पुगेको छ । 

२३ हजार ९१३ जना संक्रमणमुक्त भएका छन् । मंगलबार मृत्युको दर पनि ह्वात्तै बढेको छ । एकै दिन २७७ जनाको ज्यान गएको छ । 

अहिलेसम्म भारतमा १ करोड १७ लाख ३३ हजार ५९४ जना संक्रमित भइसकेका छन् । यो विश्वकै दोस्रो ठूलो हो । 

तीमध्ये १ करोड १२ लाख ३ हजार १६ संक्रमणमुक्त हुँदा १ लाख ६० हजार ४७७ जनाको ज्यान गइसकेको छ । 

सबैभन्दा उच्चविन्दूमा महाराष्ट्र भएको छ । २८ हजार ६९९ जना मंगलबार मात्रै थपिएका छन् । अहिले त्यहाँ २ लाख ३० हजार ६४१ जना सक्रिय संक्रमित छन् । 

केरलमा २३ हजार ८८०, पंजाबमा १९ हजार ४०३, कर्नाटकमा १५ हजार ५९५, छत्तीसगढमा १० हजार ४९१, मध्यप्रदेशमा ९ हजार २९२, तमिलनाडूमा ९ हजार १४५, गुजरातमा ८ हजार ३१८, दिल्लीमा ४ हजार ४११ जना सक्रिय संक्रमित छन् । 

अन्तर्राष्ट्रिय उडानमा रोक
विश्वभर फैलिएको कोरोनालाई ध्यानमा दिँदै केन्द्र सरकारले अन्तर्राष्ट्रिय उडानलाई ३० अप्रिलसम्म प्रतिबन्ध गरेको छ । 

भारत सरकारले १ अप्रिलदेखि ४५ वर्षदेखि माथिका सबैलाई कोरोनाको खोप दिने बताएको छ । 

भारतको विभिन्न स्थानमा अहिले पनि कर्फ्र्यू लगाइएको छ । भारतमा फेरि लकडाउन लाग्न सक्ने बताइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ