arrow

भारतमा कोरोना भाइरसबाट एकै दिनमा २ सय ७५ को मृत्यु

logo
रासस,
प्रकाशित २०७७ चैत ११ बुधबार
corona-india-test5.jpg

नयाँ दिल्ली।  भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट  २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलवार दिएको जानकारी दिएको छ । 

सोही अवधिमा यहाँ ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल सङ्क्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ५ हजार १६० जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड  भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसै गरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ६४ लाख ३८ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मङ्गलवार एकै दिनमा १० लाख २५ हजार भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ