arrow

जापान र अमेरिकालाई दबाब दिन उत्तर कोरियाले दुई मिसाइल प्रक्षेपण गर्‍यो

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
north-korea-missile4.jpg

काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वी तट जापानी समुद्र नजिक दुई ब्यालास्टिक मिसाइल प्रक्षेपण गरेको छ । जापानका प्रधानमन्त्री योशिहादे सुगा, अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले उत्तर कोरियासँगको नीतिमा हेरफेर गर्न खोजिरहेका बेला मिसाइल परीक्षण गर्नुले थप तनाव थपिएको छ ।

जापानका प्रधानमन्त्री सुगाले उत्तर कोरियाको यो कदमले शान्ति र स्थिरतामा खतरा उत्पन्न गर्नुका साथै युएनको प्रस्तावनाहरूको उल्लङ्घन गरेको बताएका छन् ।

संयुक्त राष्ट्र सुरक्षा परिषद् अनुसार उत्तर कोरियाले ब्यालास्टिक मिसाइलको विकास गर्न प्रतिबन्ध छ । 

जापान र अमेरिकाले केही दिनअघि मात्रै उत्तर कोरिया र चीनले उत्पन्न गर्न सक्ने खतराबारे छलफल गरेको छ । यस्तोमा उत्तर कोरियाको यो कदमले दुवै देशमाथि दबाब बढाउने देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ