arrow

एमाले गुटका गोठमा आगो लागेपछि सबैलाई मुलघरले ओत दिन्छ : गोकुल बाँस्कोटा

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
gokul-baskota1.JPG

काठमाडौं । नेकपा एमाले केपी ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले खनाल-नेपाल समूहमा विवाद आउन थालेको संकेत गरेका छन् ।

एमालेभित्र देखिएको गुटवन्दीलाई संकेत गर्दै बाँस्कोटाले गुटका गोठमा आगो लागेपछि सबैलाई मुलघरले ओत दिने पनि औंल्याएका छन् ।

बाँस्कोटाले सामाजिक संजालमा लेखेका छन्,‘ गुटबन्दी महाधिवेशनमा समूहगत उमेदवारीले हुर्काएको सत्य हो, सांसदले आफै सहीछाप गरे भन्दापनि गुटबन्दी क्याम्पको आदेश अवज्ञा गर्न नसक्या कुरा हो। बैठकमा जाने, त्यै भन्दिने । संसदीय दल एक भैहाल्छ। अनि पार्टी पनि। न आग्रह न पुर्वाग्रह। गुटका गोठमा आगो लागेपछि सबैलाई मुलघरले ओत दिईहाल्छ नि।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ