arrow

टर्की भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री विरुद्ध उइगर मुस्लिम समुदायको प्रदर्शन

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
Turkey-protest-uighur.jpg

काठमाडौं । चिनियाँ विदेश मन्त्री वांग यीले बिहीबार अंकरा (टर्कीको राजधानी)मा आफ्नो समकक्षी मेभ्लुट काभुसोग्लुसँग भेटवार्ता गरेका छन् ।

विदेश मन्त्री वांगको भ्रमणको विरोध गर्दै त्यहाँ उइगर मुस्लिम समुदायले विरोध प्रदर्शन गरेको छ । करिब ४० हजार जनसङ्ख्या रहेको उइगर समुदायले विरोध प्रदर्शन गरेको हो ।

चीनले उइगर मुस्लिम समुदायलाई सिन्जियांगमा गरिरहेको दुर्व्यवहारको विरोधमा उनीहरूले त्यहाँ प्रदर्शन गरेका हुन् । बेइजिङले दुई देशबीचको प्रत्यर्पण सन्धिलाई गत डिसेम्बरमा नै अनुमोदन गरेको थियो । सोही अनुसार अंकराले अनुमोदन गर्ने पर्खाइमा चीन रहेको छ ।

भेटका क्रममा बहुपक्षीय हितका बारेमा छलफल हुने टर्कीको विदेश मन्त्रालयले जनाएको छ । चिनियाँ विदेश मन्त्री वांगले टर्कीका राष्ट्रपति रिसेप ताइप एर्दाेगनलाई पनि भेट्ने छन् ।

इस्तानबुलमा करिब तीन सय उइगर समुदायका मुस्लीमा नागरिकले प्रदर्शन गर्दै तानासाही चीन उइगर मुस्लिममाथिको नरसंहार बन्द गर भन्दै नारा लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ