arrow

सशस्त्र ड्रोन निर्यातलाई निरन्तरता दिने ट्रम्प नीति अँगाल्दै बाइडेन

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
trump-biden2.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले सशस्त्र ड्रोनको निर्यातलाई निरन्तरता दिने नीति अँगाल्न चाहेको रोयटर्सले जनाएको छ ।३५ देशबीच भएको मिसाइल टेक्नोलोजी नियन्त्रण शासन (एमटीसीआर) सम्झौता अनुसार अमेरिकाले सशस्त्र ड्रोनको बिक्री नियन्त्रण राखेको थियो ।

तर, तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एमटीसीआर सम्झौता फेरबदल गरी अमेरिकी सशस्त्र ड्रोनको निर्यात बढाएका थिए । अमेरिकाले आफ्ना सहयोगी मुलुकहरूलाई ड्रोन बिक्री गर्दा उनीहरूको सुरक्षा प्रभावकारी हुने र अमेरिकी अर्थतन्त्रमा ठुलो योगदान मिल्ने भन्दै ट्रम्प प्रशासनले निर्यात बढाएको थियो ।

त्यति बेला केही शीर्ष डेमोक्र्याट सांसदहरूले यो नीतिले विश्वव्यापी सुरक्षाको अवस्थालाई झनै खतरनाक बनाइदिने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

अहिले डेमोक्र्याट पार्टी कै राष्ट्रपति बाइडनेले यो नीतिलाई निरन्तरता दिन खोजेको रोयटर्सले स्रोतलाई उदृत गर्दै लेखेको छ । पूर्ण रूपमा अहिले नै टुङ्गो नलागे पनि बाइडेन प्रशासनले यो नीतिलाई अँगाल्ने सङ्केत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ