arrow

'ममता बेनर्जीले घाइते भएको कुरा झुटो हो, एक्स-रे रिपोर्ट देखाउनु पर्छ'

logo
एजेन्सी,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
former-TMC-MP-sisir-adhikari._.jpg

काठमाडौँ। भारतीय जनता पार्टी प्रवेश गरेका पूर्व अखिल भारतीय तृणमूल काँग्रेसका सांसद सिसिर अधिकारीले पश्चिम बङ्गालकी मुख्य मन्त्री ममता बेनर्जीले घाइते भएको भनेको कुरा झुटो भएको टिप्पणी गरेका छन्। ममता बेनर्जी अखिल भारतीय तृणमूल काङ्ग्रेसबाट पश्चिम बङ्गालकी मुख्यमन्त्री हुन्। भोलि (मार्च २७)बाट पश्चिम बङ्गालमा विधान सभाको चुनाव हुँदै छ।

यसमा भारतीय जनता पार्टी (बीजेपी)र बेनर्जीको पार्टीबिच प्रतिस्पर्धा छ। केही दिनअघि मुख्यमन्त्री बेनर्जीले आफूमाथि अज्ञात समूहका युवाहरूले कुटपिट गरेको बताएकी थिइन् । त्यसपछि उनी अस्पताल भर्ना भएकी थिइन्।

मुख्यमन्त्री बेनर्जीको पार्टी छोडेर बीजेपी वेश गरेका सांसद अधिकारीले भने उनले आफूमाथि कुटपिट भएको भन्दै झुटो दाबी गरेको  बताएका हुन्। सांसद अधिकारीले मुख्यमन्त्री बेनर्जीको एक्स-रे रिपोर्ट समेत हेर्नुपर्ने कुरा उठाएका छन्।

बेनर्जीले नन्दी ग्राममा आक्रमण भएको बताएकी थिइन्। तर,इन्डिया टिभी टुँडेसँग बोल्दै सांसद अधिकारीले त्यहाँ सुविधा सम्पन्न अस्पताल हुँदा हुँदै उपचारका लागि किन २०० किलोमिटर टाढा कलकत्ता आइन् ? र चोटपटक लागेको के प्रमाण ? एक्स-रे रिपोर्टका लागि सोध्नुहोस् भन्दै प्रश्न गरेका छन्।

विधान सभाको चुनावका लागि अखिल भारतीय तृणमूल काङ्ग्रेसबाट बेनर्जी र भारतीय जनता पार्टीबाट सुभेन्दु अधिकारीले नन्दी ग्रामबाट चुनाव लडिरहेका छन्।



लोकप्रिय समाचार
नयाँ