arrow

नरेन्द्र मोदी बङ्गलादेश भ्रमणमा जाँदा पाकिस्तान समर्थकहरूको रडाको

logo
एजेन्सी,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
modi-bangladesh.jpg

काठमाडौँ। पाकिस्तानबाट स्वतन्त्र भएको अवसरमा २६ मार्च अर्थात् आज बङ्गलादेशले स्वतन्त्रता दिवस मनाउँदै छ। अतिथिका रूपमा आमन्त्रित भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बङ्गलादेश भ्रमणमा गएका छन्।

सन् १९७१ पाकिस्तानी सेनाविरुद्धको युद्धपछि बङ्गलादेश स्वतन्त्र भएको थियो। यस्तोमाबङ्गलादेशका पाकिस्तान समर्थकहरूले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण अवरुद्ध पार्ने धम्की दिएका छन्।

हिफाजत लगायतका इस्लामिक कट्टरपन्थी समूहले प्रधानमन्त्री मोदीको भ्रमण अवरुद्ध पार्ने धम्की दिएको छ। तर, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले कुनै पनि किसिमको अवरोध गर्न खोज्नेहरु विरुद्ध कडा एक्सन लिन निर्देशन दिएकी छन्।

बङ्गलादेश र भारतबिचको सम्बन्ध निकै नै उत्कृष्ट स्थानमा रहेका बेला भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले ठुलो अर्थ राख्छ। विश्व बैङ्कले समेत भारत र बङ्गलादेशले उचित यातायातको व्यवस्था गरेमा केही वर्षमा नै अर्थतन्त्र ८ देखि १० प्रतिशतले वृद्धि गर्न सक्ने बताएको छ।

हालै बङ्गलादेशले कम विकसित राष्ट्रबाट विकसित राष्ट्रको स्थान पाएको छ। बङ्गलादेशले पछिल्लो समय निकै विकास गर्नुमा उदारवादी नीति, मध्यम इस्लामिक अभ्यास लगायतका कुरा रहेको संयुक्त राष्ट्र सङ्घको भनाइ छ।

मोदीको भ्रमणलाई लिएर बङ्गलादेशमा इस्लामिक समर्थक समूहले विरोध जनाइरहेको छ। सामाजिक सञ्जालमा इस्लामिक समूह समर्थितहरूले मोदीको प्रवेश रोक्न र अवरुद्ध पार्ने प्रतिक्रिया दिइरहेका छन्। तर, बङ्गलादेशको स्वतन्त्रताको स्वागत गर्ने बढ्ता समूहले भने मोदीको आगमनलाई पनि स्वागत गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ