arrow

इटाली, फ्रान्स र जर्मनीका विदेश मन्त्री लिबियामा

logo
सिन्ह्वा,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
libya-map.jpg

त्रिपोली। लिबियाको राजधानी त्रिपोलीमा बिहीबार तीन ओटा युरोपेली देशका विदेश मन्त्री हरू पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हरूले जानकारी दिएका छन्। सो समाचारमा इटालीका विदेश मन्त्री लुइगी डि माइयो, फ्रान्सेली विदेश मन्त्री जिन युभास लि ड्रियाना र जर्मनीका विदेश मन्त्री हाइको मास त्रिपोली पुगेको जनाइएको हो।

उनीहरूले बिहीबार लिबियाको पछिल्लो राजनीतिक अवस्थाका साथै आगामी लिबियामा कूटनीतिक उपस्थितिका विषयमा पनि आवश्यक कुराकानी भएको समाचारमा जनाइएको छ।

बिहीबार उनीहरूले लिबियाको अहिलेको अवस्थामा युरोपेली देशहरूले के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गरेका थिए। उनीहरूका साथमा लिबियाका विदेश मन्त्री पनि रहेका पनि समाचारमा जनाइएको छ। उनीहरूले बिहीबार नै लिबियाका प्रधानमन्त्री अब्दुल हमिद डिबेहसँग भेटवार्ता गरेका थिए।

उनीसँग त्यस भेटवार्ताका क्रममा अवैध रूपमा लिबियाबाट अवैध रूपमा बाहिर जाने गरेका र लिबिया पुग्ने गरेका आप्रवासीहरूका विषयमा कुराकानी भएको लिबिया सरकारको सूचना विभागले एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको बताइएको छ।

त्यस विज्ञप्तिमा लिबियाका विषयमा युरोपेली देशहरूको धारणका साथसाथै लिबियाको विकासका लागि आगामी दिनमा युरोपका देशहरूले के कस्तो विषयमा सहयोग र परामर्श अघि बढाउने भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ।

यसका साथै लिबियाको आगामी आमनिर्वाचनका विषयमा पनि सो क्रममा कुराकानी भएको थियो। प्रधानमन्त्री डिबहीसँग लिबियामा यसै वर्षको अन्त्यतिर हुन लागेको निर्वाचनका विषयमा पनि तीन युरोपेली देशका विदेश मन्त्री हरूले आवश्यक छलफल गरेको बताइएको छ।

प्रधानमन्त्रीसँगको सो भेटका क्रममा तीन युरोपेली देशका विदेश मन्त्री हरूले यो भ्रमण र भेटवार्ता युरोपका देशहरूले लिबियामा सहयोग गर्न चाहेको विषयमा सन्देश पनि भएको बताएको पनि सो विज्ञप्तिमा जनाइएको छ।

युरोपका ती देशहरू लिबियामा शान्ति र स्थायित्वका लागि सहयोग गर्न चाहेको र आगामी दिनमा पनि यसै विषयमा सहयोग अघि बढाउन इच्छुक रहेको पनि उनीहरूले जनाएका थिए।

उनीहरूले भनेका थिए कि लिबियामा शान्ति र स्थायित्व आवश्यक छ र यसका कारणले लिबियाका अरू छिमेकी देशहरूमा पनि लिबियाको स्थायित्वले सहयोग पुर्‍याउने छ। लिबियामा हालै मात्र नयाँ सरकार गठन भएको छ।

संयुक्त राष्ट्रसङ्घको सहमतिमा लिबियामा हालै मात्र नयाँ सरकार गठन भएको हो। सो सरकारको काम आगामी डिसेम्बरमा आम निर्वाचन सम्पन्न गराउने रहेको छ।

लिबियाको अवस्थामा सुधार ल्याउनका लागि संयुक्त राष्ट्रसङ्घको सहमतिमा यो नयाँ सरकार निर्माण भएको हो। यस सरकारले आगामी डिसेम्बर २४ का लागि आह्वान गरिएको आम निर्वाचन सम्पन्न गराउने भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ