arrow

बाइडेनले गरे महत्त्वाकाङ्क्षी वाचा

logo
सिन्ह्वा,
प्रकाशित २०७७ चैत १३ शुक्रबार
biden.png

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरसको खोप लगाउने बाचा बाइडेन गरेका छन् ।

ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा एक सय दिनमा बाइडेनले आफ्ना प्राथमिकताबारे उक्त कुरा बताएका छन् । बाइडेनले आफ्नो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिने बताएका हुन् ।

‘मलाई थाहा छ यो यो लक्ष्य महत्त्वाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रोनजिक पनि आउन सकेका छैनन्। र मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्न सक्छौँ ।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।

करिब एक घण्टा चलेको पत्रकार सम्मेलनमा बाइडेनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ