arrow

काठमाडौंमा वायु प्रदूषण उच्च, घर बाहिर ननिस्किन आग्रह

खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा नजान अपिल

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
haze-tuwalo-ktm.jpg

काठमाडौं। स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ ।

 काठमाडौंमा दुई तीन दिन अघिदेखि नै तुवाँलोको समस्या देखिएको र यस्तोमा वरपरका क्षेत्रमा डढेलो लागेका कारण अचानक वायुमा समस्या भएको विभागले बताएको छ ।

 मकवानपुर, चितवन, पर्सालगायतका जिल्ला र अन्य ठाउँमा डढेलो लागेको जानकारी आएको मौसम विभागले जनाएको छ । 

 अचानक अत्यधिक वायु प्रदूषण हुँदा आँखा चिलाउने, खोकी लाग्नेलगायतका स्वास्थ्य समस्या समेत देखिन थालेको छ । यस्ता समस्याबाट बच्न घरभित्रै सुरक्षित रहन आग्रह गरिएको छ । 

 मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले आज यहाँ अपिल जारी गर्दै वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न आह्वान गरेका छन् । 

 उनले अत्यावश्यक नभई सवारी साधन नचलाउन र सवारी साधन वा पेशा व्यवसायका कारण हुन सक्ने वायु प्रदूषणका कारणलाई कम गर्न आग्रह गरेका छन् ।  अपिलमा घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजान भनिएको छ । 

 “घरबाहिर खुला स्थानमा नबसौँ, नखेलौँ, मर्निङवाकमामा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने यस्तो अवस्थामा रोकौँ” उनले जारी गरेको अपिलमा भनिएको छ, “घरभित्रै बसौँ, घरभित्रै व्यायाम गरौँ । 

 बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गरौँ ।” यस्तै उनले फोहरको उचित व्यवस्थापन गर्न र फोहर जम्मा गर्ने काम नगर्न पनि आग्रह गरेका छन् । 

 मन्त्रालयका सह प्रवक्ता डा अधिकारीले धुलो धुवाँ उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न पनि आह्ववान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ