arrow

देशलाई अग्रगमनको दिशामा लान डा.भट्टराईले अघि सारे दुई विकल्प 

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
baburam2.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशलाई अग्रगमनको दिशामा लाग्न दुई विकल्प अघि सारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमप्रति खरो रुपमा प्रश्तुत भइरहेका डा.भट्टराईले प्रतिगमनको खतरा टरिनसकेको पनि जनाएका छन् ।

डा.भट्टराईले शनिबार विहान सामाजिक संजालमा लेखेका छन्, ‘प्रतिगमनको खतरा टरेको छैन । प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान, लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन् । पहिलो बाटो तुलसी गिरी, केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी, पुष्पलालको हो । वुद्धि, विवेकको प्रयोग गरेर आफै रोजौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ