arrow

जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमायो : राष्ट्रपति 

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
bidyadevi.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेसका नेता नविन्द्रराज जोशीको निधनमा शोक व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सामाजिक संजालमार्फत जोशीको निधनबाट मुलुकले एक इमान्दार एवं स्वच्छ छवि भएका राजनीतिज्ञ गुमाएको भन्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना समेत प्रकट गरेकी छन् ।

उनले लेखेकी छन्, ‘इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको असामयिक निधनको खबरले दुःखी भएको छु । उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको छ । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ