arrow

ओली सरकारलाई सबैभन्दा धेरै समर्थन माओवादीको छ, दोष हामीलाई लाग्छ: अध्यक्ष ठाकुर

logo
प्रकाशित २०७७ चैत १४ शनिबार
Mahanta_Thakur.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरूसँग अविश्वासको प्रस्ताव नल्याउने बताएको उल्लेख गरेका छन् ।

देउवासँगको भेटवार्ताको प्रसंग सुनाउदै भने, ‘प्रधानमन्त्री बन्ने अफर आए स्वीकार गर्छु भन्नुभयो शेरबहादुरजीले ।’

बृहत् नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष ठाकुरले कम्युनिस्ट पार्टीमा स्वार्थ र सत्ताको लडाईं भइरहेको पनि बताए ।

एमालेका अध्यक्ष केपी ओलीलाई सबभन्दा धेरै समर्थन माओवादी केन्द्रले गरेको तर दोष आफूहरुमाथि लाग्ने गरेको उनले सुनाए । ओली सरकारमा भएको कारण आफूहरुले माग पुरा गराउनका लागि उनीसँग कुरा गरेको उनको स्पष्टोक्ति थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ