- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पेरिस। फ्रान्समा कोरोनाभाइरसबाट एक दिनमा थप झन्डै ४२ हजार जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन्।
त्यसै गरी अरू ८७९ जनाको करोनाभाइरसकै कारण मृत्यु भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ। फ्रान्समा अहिलेसम्म कोरोनाभाइरसबाट ४४ लाख ६५ हजार ९५६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्क छ।
अघिल्लो वर्ष सन् २०२० को जनवरीदेखि अहिलेसम्म फ्रान्समा कोरोनाभाइरसका कारण ९४ हजार २७५ जनाको मृत्यु भएको छ।
कुल सङ्क्रमितहरूको सङ्ख्याका आधारमा फ्रान्स पाँचौँ अग्रस्थानमा रहेको छ। सबैभन्दा बढी अमेरिकामा सङ्क्रमित रहेका छन् भने त्यसपछि क्रमशः ब्राजिल, भारत र रुसमा धेरै सङ्क्रमितहरू रहेका छन्। फ्रान्समा भन्दा पछाडि छैठौँ स्थानमा बेलायत रहेको छ।