- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दोहा। कतारमा पनि कोभिड१९ का सङ्क्रमितहरू बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरूले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का सङ्क्रमितहरू बढेको बताइएको छ।
यहाँका स्वास्थ्य अधिकारीहरूका अनुसार कतारको राजधानी दोहामा यसका सङ्क्रमितहरू बढी मात्रामा देखिएका छन्। शुक्रवार सार्वजनिक भएको एक तथ्याङ्कमा कतारमा ६०२ जनामा यो सङ्क्रमण देखिएको छ।
यहाँ यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिडको सङ्क्रमण पुगेको बताइएको छ। यहाँका २८२ जना नागरिकको कोभिडको सङ्क्रमणबाट मृत्यु भएको छ।
यहाँका चिकित्सकहरूले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन्। कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ। यसरी यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको समाचारमा जनाइएको छ।