arrow

म्यानमारका सैनिक नेतृत्वद्वारा प्रजातन्त्र पुनः स्थापित गर्ने प्रतिबद्धता

logo
सिन्ह्वा,
प्रकाशित २०७७ चैत १४ शनिबार
myanmar-ku-birodh.jpg

न्यापित। म्यानमारका सैनिक प्रमुख जनरल मीन आङ लाइङले प्रजातन्त्र सुरक्षित रूपमा पुनः स्थापित गर्ने प्रतिबद्धता गरेका छन्। म्यानमारमा सेनाले गएको फेब्रुअरी १ मा निर्वाचित प्रतिनिधिहरूलाई सैनिक नियन्त्रणमा लिई म्यानमारको शासन शक्ति हातमा लिएको थियो। त्यसयता म्यानमारमा सैनिक कु को विरोधमा प्रदर्शन हुँदै आएको छ । यो अवधिमा दर्जनौँ प्रदर्शनकारीको सुरक्षा कारबाहीमा मृत्यु भएको छ।

सैनिक दिवसको अवसर पारेर शनिवार राष्ट्रिय टेलिभिजन मार्फत सम्बोधन गर्दै सैनिक जनरल मिलने म्यानमारमा छिट्टै धाँधलीरहित निर्वाचन हुने र निर्वाचित सरकारलाई सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू इच्छुक रहेको उनले बताएका छन्। उक्त अवसरमा सैनिक नेताले निर्वाचन कहिले गर्ने बताएका छैनन्। 

प्रदर्शनको दबाबमा आएको सेनाले प्रजातन्त्र पुन स्थापित गर्ने वाचा गरे पनि दमन भने जारी राखेको म्यानमारको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडीका) नेताहरूले बताएका छन्। राष्ट्रिय टेलिभिजनमा प्रसारित सामग्रीमा सैनिक नेता मिलने शुक्रवार प्रदर्शनकारीलाई चेतावनी दिँदै टाउको र ढाडमा गोली हान्न सकिने बताएका थिए।

सैनिक कु को विरोधमा हुँदै आएको प्रदर्शनको क्रममा अहिलेसम्म कम्तीमा ३२० जनाको ज्यान गएको छ। टेलिभिजन सम्बोधनमा सेना प्रमुख मिलने प्रजातन्त्र पुनः स्थापनाका लागि सम्पूर्ण देशवासीसँग हात मिलाउन चाहेको बताए।

माग पूरा गर्नका लागि गरिने स्थायित्व र सुरक्षामा जोखिम ल्याउने खालका गतिविधि स्वीकार्य नभएको भन्दै उनले अनावश्यक हिंसात्मक गतिविधिलाई रोक्न निर्देशन गरेका थिए।



लोकप्रिय समाचार
नयाँ