- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच तीन महिनापछि भेटवार्ता भएको छ । गत ५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्री र सभामुखबीच भेटघाट भएको थिएन ।
आइतबार भने प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित उनको सरकारी निवास पुगेका हुन् ।
भेटमा संसदमा विचाराधीन विधेयक अघि बढाउने तथा कसरी सहज रुपमा संसद संचालन गर्ने भन्ने विषयमा छलफल भएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रतिनिधि सभा विघटनपछि मन्त्री हेरफेर हुँदा सभामुख सापकोटा नयाँ मन्त्रीको सपथमासमेत गएका थिएनन् भने सेना दिवसका दिन सैनिक मञ्च टुँडीखेलमा भएको कार्यक्रममा आमने सामने भएपनि बोलचाल भएको थिएन ।