arrow

चीनका ९७ प्रतिशत अभिभावक भन्छन् - बच्चालाई अति हेरचाह सामान्य हो

logo
सिन्ह्वा,
प्रकाशित २०७७ चैत १५ आइतबार
chiness-children.jpg.jpeg

बेइजिङ् ।  चीनका अधिकांश अभिभावकलाई आफ्नो बालबालिकालाई धेरै हेरचाह गर्नु स्वाभाविक लाग्ने गरेको पाइएको छ । चाइना युथ डेलीले हालै गरेको सर्वेक्षणका क्रममा ९७ प्रतिशत चिनियाँ अभिभावकहरुले आफ्ना छोराछोरीलाई धेरै हेरचाह गर्नु स्वाभाविक भएको बताएका हुन् ।

देशका एक हजार ५०० अभिभावकहरु सर्वेक्षणमा सहभागी भएका थिए । उनीहरुले आफ्ना बालबालिकालाई हरेक दिन धेरै चासो दिने गरेको जवाफ दिएका थिए ।

सर्वेक्षणमा सहभागी अधिकांश अभिभावकहरुले आफ्ना छोराछोरीहरुको हरेक गतिविधिलाई नजिकबाट नियाल्नु पर्ने बताएका थिए ।
उनीहरुले बालबालिकालाई हरेक गतिविधिमा सुझाव तथा निर्देशन दिने गरेको पनि बताएका छन् ।



लोकप्रिय समाचार
नयाँ