arrow

ब्रजिल : एकै दिनमा तीन हजारभन्दा बढीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ चैत १५ आइतबार
covid_burial_brazil.jpg

रियो दी जेनेरियो । ब्रजिलमा शनिबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।  ब्रजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँका ३ हजार ४३८ जना नागरिकको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको छ ।

ब्रजिलमा कोरोना महामारीका विरुद्धमा भएको तयारीस्वरुप पछिल्लो समयमा अस्पतालमा सेवा बढाइएको तथा खोपहरुको विस्तार गरिएको बताइए पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार मात्र यति धेरै नागरिकको मृत्यु भएको जनाएको छ । योसँगै पछिल्लो समयमा ब्रजिलमा कोभिड १९ को सङ्क्रमण डरलाग्दो गरी बढेको पाइएको पनि सो मन्त्रालयले जनाएको हो ।

गएको शुक्रबार ३ हजार ६५० जनाको यो सङ्क्रमणबाट ज्यान गएको थियो । यो संख्या ब्रजिलमा कोभिड १९को महामारी शुरु भएको गत वर्षको फेब्रुअरी महिनापछिकै यो संख्या सबेभन्दा बढी हो ।

त्यसको दोस्रो दिन अर्थात् हिजो शनिबार पनि ठूलो संख्यामा यहाँका नागरिकको यो महामारीबाट ज्यान गएको बताइएको छ ।  
ब्रजिल कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको छ । यहाँ अहिलेसम्म ३ लाख १० हजार ५५० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ । त्यसपछि दोस्रो क्षति ब्रजिलमा नै पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै शनिबार एकै दिनमा ब्रजिलमा थप करिब ८६ हजार नागरिक कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या १ करोड २४ लाख ९० हजार नाघेको पनि बताइएको छ ।



लोकप्रिय समाचार
नयाँ