arrow

लागूऔषद् मुद्दा खेपिरहेका कोरोना संक्रमित अस्पतालबाट भागे

logo
प्रकाशित २०७७ चैत १५ आइतबार
apf-hospital-balambu.jpg

काठमाडौं । लागूऔषद् मुद्दामा खेपिरहेका एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टी भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएकोमा त्यहाँबाट भागेका छन् ।

संक्रमण देखिएपछि थुनामा रहेका ती व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौंले उपचारका लागि सशस्त्र प्रहरी अस्पताल पुर्याएकोमा उनी बाथरुमको भेन्टिलेसनबाट भागेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले लागुऔषद्को मुद्दा खेपिरहेका उनलाई पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याएकोमा उनी त्यहाँबाट भागेको जानकारी दिए । 

‘उनी लागुऔषद्को मुद्दा खेपिरहेका व्यक्ति हुन्, पिसिआर परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याएको थियो, तर उनी बाथरुमको भेन्टिलेसनबाट भागेका छन्, प्रहरीले उनको खोजी जारी राखेको छ,’ एसएसपी सिंहले भने ।

सिंहले ती व्यक्तिको खोजी भइरहेको भन्दै नाम भने खुलाउन चाहेनन् । प्रहरी पहरामै रहेको अवस्था उनी भागेपछि महानगरीय प्रहरी परिसर काठमाडौं जिम्मेवार बन्नुपर्ने आवाज उठेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ