arrow

भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोरोना खोप

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
nepal-india-army-corona-vac.jpg

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोरोना भाइरसविरुद्धको खोप उपहारमा दिएको छ । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप दिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सेनाले नेपाली सेनालाई उक्त खोप आइतबार बेलुकी दिएको हो । यसअघि भारतले नेपाललाई पहिलो चरणमा दश लाख डोज खोप निःशुल्क दिएको थियो । 

त्यसपछि नेपालले २० लाख डोज किनेको छ । १० लाख डोज आइसके पनि अर्को १० लाख डोज भने आउन बाँकी रहेको छ । 

नेपालले फ्रन्टियर, संचारकर्मी, कुटनीतिक नियोगका कर्मचारी, नेपाल सरकारका कर्मचारी, स्थानीय जनप्रतिनिधि र ६५ वर्षमाथिका सबै नागरिकलाई पहिलो डोज दिएको छ । 

दोस्रो डोज भने बैशाख ७ देखि दिने कार्यक्रम रहेको सरकारले जनाएको छ । 



नयाँ