arrow

भारतमा कोरोनाको दर झन् बढ्दो, सक्रिय संक्रमित र मृतक उकालो लाग्दै

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
corona-india2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिरहेको छ । पाँच महिना अगाडिकै स्थितिमा भारतमा संक्रमित बढिरहेका छन् । आइतबार पाँच महिनाअघिकै स्थितिमा पुग्ने क्रममा ६८ हजार २०६ जना संक्रमित थपिएका छन् । 

अहिले सक्रिय संक्रमित बढेर ५ लाख १८ हजार ७६७ जना पुगेका छन् । जबकि यो संख्या घटेर १ लाख ३० हजारमा रहेको थियो । त्यसैगरी मृतक पनि बढ्दै गएका छन् । 

आइतबार २९५ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा १ करोड २० लाख ३९ हजार २१० जना संक्रमित पुगेका छन् । 

आइतबार ३२ हजार १४९ जना संक्रमणमुक्त समेत गरी १ करोड १३ लाख ५३ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । 

अहिलेसम्म भारतमा १ लाख ६१ हजार ८८१ जनाको ज्यान गइसकेको छ । 

भारतका विभिन्न शहरमा लकडाउन र कर्फ्र्यु लगाइएको छ । 



लोकप्रिय समाचार
नयाँ