arrow

केपी ओलीले मूलधारमा ल्याएका सिके राउतलाई पक्रन गोरखापत्रमै आयो सूचना 

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
kp-oli-ck-raut.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ स्वागत गरी मुलधारको राजनीतिमा ल्याएका तत्कालीन विखण्डनवादी नेता सिके राउतलाई पक्राउ गर्न सरकारी दैनिक पत्रिका गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित भएको छ । 

नवलपरासी जिल्ला अदालतले राउतलाई पक्रन सोमबारको गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको हो । अदालतले राउतविरुद्व राज्य विरुद्धको संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेको पत्रिकामा सूचना प्रकाशित गरेको हो ।

प्रधानमन्त्री ओलीले दुई वर्षअघि २०७५ साल फागुन २४ गते राउतलाई विखण्डनको मुद्दा त्यागेर ११ बुँदे सहमति गराई खुला राजनीतिमा ल्याएका थिए । 

उक्त ११ बुँदे सहमतिको पाँचौं नम्बर बुँदामा राउतसहित उनका कार्यकर्तामाथि लागेको सबै मुद्दा सरकारले फिर्ता लिने सहमति गरिएको थियो । 

तर दुई वर्षपछि अदालतले राउतलाई राज्यविरुद्धको संगठित अपराधमा पक्राउ पूर्जी जारी गरेको हो । यो विषयले राजनीतिक वृत्तमा चासो देखाइएको छ । 

गोरखापत्रको सूचनामा सिके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई राज्य विरुद्धको संगठित अपराधमा अदालतले म्यादभित्रै हाजिर हुन बोलाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ