arrow

क्रुर सैन्य प्रमुखद्धारा निहत्था जनता मारेर भव्य पार्टी

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
myanmar-ku-sena-pramukh-par.jpg

काठमाडौं । एक क्रुर सैन्य शासकले निहत्था जनता मारेर भव्य पार्टीको आयोजना गरेका छन् । म्यानमारमा शनिबार चार बालबालिकासहित ११४ जनाको हत्या गरेका सैन्य प्रमुखले आइतबार राति भव्य डिनर पार्टी आयोजना गरेका हुन् । 

सैन्य प्रमुख मिन ओङ ह्लाइङ तथा उनका जनरलले आइतबार राति नै भव्य पार्टी गरेका हुन् । आइतबार बिहान मारिएकाको अन्तिम संस्कारमा समेत सेनाले हस्तक्षेप गर्दै दुई जनालाई मारेको थियो । 

फेब्रुअरी १ तारिखमा सेनाले सैन्य कू गर्दै शासन आफ्नो हातमा लिएको थियो । 

विश्वभर कू को विरोध भइरहे पनि सेनाले भने जनता मारेर खुशीयाली मनाइरहेको छ । त्यहाँ झण्डै दुई महिनाको अवधिमा ४०० भक्न्दा बढीको ज्यान गएको छ । 

आइतबार विश्वका १२ देशका रक्षा प्रमुखले एक संयुक्त विज्ञप्ति जारी गर्दै म्यानमारको सैनिक दमनको भर्सना गरेको बीबीसीले लेखेको छ । 
 



लोकप्रिय समाचार
नयाँ