arrow

राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई बुझाइन् चिनियाँ खोप

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
chiness-vaccine-pm-oli.jpg

काठमाडौँ ।  चीन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप आठ लाख मात्रा (डोज) सोमवार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेकी छन् ।

चीन सरकारको सिनो फार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको हो।

खोप चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको हो । नेपाल वायुसेवा निगमको वाइड बडी-३३० जहाजबाट ‘भेरोसेल’ खोप बिहान ९.१५ बजे आइपुगेको हो ।

उक्त चिनियाँ खोपलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अनुमति दिन बाँकी छ । कोभिड-१९ विरुद्धको खोप ‘भेरोसेल’ को अनुमतिका लागि चीन सरकारले  डब्लुएचओमा निवेदन दिए पनि स्वीकृत भएको छैन ।

उक्त खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखिने छ । चीनले अनुदानमा उपलब्ध गराउने उक्त खोप लिन हिजो (आइतबार) मात्र वायुसेवा निगमको जहाज त्यसतर्फ गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ