arrow

कारबाही र सजाय कमजोर शत्ताको अन्तिम अस्त्र हो : योगेश भट्टराई

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
yogesh-bhattrai3.jpg

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले  वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारबाही उल्टिने बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेतापाल र उपाध्यक्ष रावललाई निलम्बनको कारबाही गरेपछि भट्टराईले त्यसको प्रतिवाद गरेका हुन् ।

सामाजिक संजालमार्फत उनले कारबाही कमजोर सत्ताको अस्त्र भएको बताए । ‘कारबाही र सजाय कमजोर शत्ताको अन्तिम अस्त्र हो । परिणाम उल्टो हुने निश्चित छ । फर्कनु नै कल्याण हुने छ’ उनले भनेका छन् ।

अध्यक्ष ओलीले सोमबार नेता नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि दुवै नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहेन गरी निलम्बन गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ