arrow

किमलाई भेट्न बाइडेन अनिच्छुक 

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
biden-kim1.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट्न इच्छुक नरहेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पुष्टि गरेको छ ।

योसँगै बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा फरक नीति उत्तर कोरियाप्रति अबलम्बन गर्न लागेको पनि देखिएको छ । बाइडेनले किमलाई भेट्न किन चाहेका छैनन् भन्नेबारे ह्वाइट हाउसले केही उल्लेख नगरेको बीबीसीले लेखेको छ । 

एकअर्कालाई धम्की दिने गरेको एक वर्षपछि सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो पटक सिङ्गापुरमा भेटवार्ता भएको थियो । उत्तर कोरियाली नेतालाई भेट्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति थिए ।

त्यसको एक वर्षपछि सन् २०१९ मा दुई नेताबीच कोरियाली असैनिकीकृत क्षेत्रमा भेटघाट भएको थियो । दुई साताअघि बाइडेन प्रशासनले गत फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङ्याङबाट कुनै जबाफ नपाएको बताएको थियो ।

यो प्रयास असफल भएसँगै अब बाइडेनले पनि कठोर नीति अपनाउने अमेरिकी अधिकारीहरुको बुझाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ