arrow

न्यायको भीख

गंगामाया आमरण अनसन बसेको सय दिन पूरा

logo
प्रकाशित २०७७ चैत १७ मंगलबार
gangamaya_news1.jpg

काठमाडौं । छोराका हत्यारालाई कारबाहीको माग गर्दै १२ औं पटक आमरण अनसनमा बसेकी गंगामाया अधिकारीको जीवनरक्षाका लागि न्यायका लागि मानव अधिकारले अपील गरेको छ । उनी आमरण अनसन बसेको सय दिन पूरा भएको छ । 

२०६१ साल जेठ २४ गते तत्कालीन विद्रोही माओवादीको आवरणमा गंगामायाका कान्छा छोरा १६ वर्षे कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो ।

हत्यामा संलग्नहरुलाई प्रचलित कानून बमोजिम सजायँको माग गर्दै आएकी सत्याग्रही गंगामायाल न्याय प्राप्तिको लागि १२ औं पटक गत पुस ६ गतेदेखि आमरण अनसन बस्दै आएकी छिन् । 

यस अवधिमा गंगामायको न्यायको माग र जीवन रक्षा प्रति राज्य तथा सरोकारवाला निकायहरु पूर्ण उदासिन रहेको र गंगामायाको स्वास्थ्य अवस्था अत्यन्तै जटिल भएकोप्रति  संजालले गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । 

१० वर्षे द्धन्द्धको समयमा राज्य र विद्रोहीको आवरणमा आफ्ना ब्यक्त्तिगत अभिष्ट पूरा गर्न हत्या, हिंसा मच्चाउने तथा द्धन्द्धका क्रममा गम्भीर मानव अधिकार उल्लंघनकर्ताहरुलाई द्धन्द्ध समाप्त्त भई शान्ति सम्झौता भएको १५ वर्ष पुगिसक्दासमेत सत्ता र शक्त्तिको आडमा उन्मुक्ति दिने कार्य भइरहेको भन्दै आपत्ति समेत जनाइएको छ । 

गंगामाया अधिकारीका पति नन्दप्रसाद अधिकारी अनसनको ३३४ औं दिनमा २०७१ असोज ६ मा मृत्यु भएको थियो । 

उनको शव शिक्षण अस्पताल महाराजगंजको वाकस नं ४ मा छ । एउटा सामान्य नागरिकले प्रचलित कानून बमोजिम दोषी उपर कारबाहीको माग राख्दा जीवनै समाप्त हुँदा र हुन लाग्दा समेत राज्य तथा सम्बन्धित सरोकारवाला निकाय, समुदाय र समाजबाट उपेक्षित हुँदै जीवन समाप्त्त हुनुपर्ने अवस्था आउनु मानवीयताको कसीवाट हेर्दा अत्यन्तै दुःखद अवस्था भएपनि गंगामायाको १०० दिनको अनसन र कुनैपनि समयमा जीवनै समाप्त हुनसक्ने अवस्थाले नेपालमा गंभिर मानव अधिकारको उल्लंघन हुने गरेको तथा मानवीय संवेदनशिलता हराउँदै गएकोसमेत संयोजक इन्द्रप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
गंगामायाका माग सम्वोधन गरी न्याय दिने भनी प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो वर्षको कार्यकाल सरकारको नेतृत्व गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ